धुलिखेल अस्पताल र काठमाडौंमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, मुलुकमा संक्रमितको संख्या २१९ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । काभ्रे जिल्लाको धुलिखेलमा गरिएको कोभिड १९ परीक्षणमा नेपालगञ्ज ९ का ३६ वर्षीय पुरुष र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ताका अनुसार, काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा र टेकुमा गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनीको स्वास्थ्यवस्था सामान्य रहेको छ । अब मुलुकमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।