Logo
|
Friday 27th December 2024
Logo

epaper

पर्सा, नवलपरासी र रुपन्देहीमा थप २४ जनामा कोरोना पुष्टि, मुलुकमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि दिउँसो २ जनामा संक्रमित पुष्टि भएको थियो । साँझ कोरोना पुष्टि भएकाहरुमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । यसका साथै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएका नमुना परीक्षणमा संक्रमित पहिचान भएको हो । हाल संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्