Logo
|
Tuesday 21st May 2024
Logo

epaper

त्रि. बि. शिक्षण अस्पतालका ३९ चिकित्सक र नर्स क्वारेन्टाइनमा, पिसिआर विधिबाट परीक्षण गर्न स्वाव संकलन गरियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भरतपुर अस्पताल कोभिङ—१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमित २४६ पुगेको हो । हाल उनको स्वास्थ्यवस्था सामान्य रहेको जनाइएको छ ।

यस अगाडि बिहीबार बिहान पनि २ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको हो । घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा न्युरो वार्डमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको हो । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो । बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसरी त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा न्युरो वार्डमा उपचाररत ६ वर्षीया बालिकालाई कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

ति बालिकालाई उपचारका लागि कपिलवस्तुबाट ६ दिन अगाडि काठमाडौं ल्याइएको थियो ।
न्यूरो वार्डमा रहेका ५ जना अन्य बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालका कोभिड—१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासका अनुसार, उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अस्पतालले हाल इमर्जेन्सीबाहेक सर्जरी नगर्न र सर्जरी गर्दा पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ । बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्