Logo
|
Tuesday 21st May 2024
Logo

epaper

शुक्रबार बिहान मकवानपुर र बाँकेमा थप ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि,संक्रमितको संख्या २५८ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र नेपालगञ्जको भेरि अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर निवासी १८, २०, २२, २५, २५,२७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको र हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।

यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २५८ पुगेको छ । जसमध्ये २०८ जना पुरुष र ५० जना महिला रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।

हाल मुलुकमा पिसिआर विधिबाट २२ हजार ६६४ र आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्