Logo
|
Wednesday 22nd May 2024
Logo

epaper

मुलुकमा २३ हजार ९ सय १४ पिसिआर परीक्षण, ३६ जनाले जिते कोभिड—१९



जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपालमा अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना संकलन गरी कोभिड १९ परीक्षण गरिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणबाट अहिलेसम्म २५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यसमध्ये २१० जना पुरुष र ४८ जना महिला संक्रमित भेटिएको छ । आज विराटनगरस्थित कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ । उनी अस्पताल भर्ना भएको २७ औं दिनमा डिस्चार्ज भएका छन् ।
कतिपय आरडिटीमा पोजेटिभ देखिएकाहरुलाई पिसिआर विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएका छन् । हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल मुलुकभर कोभिड १९ संक्रमित र सम्भावित २६७ जना व्यक्तिहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसमध्ये २७ जना काठमाडौं उपत्यकामा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
हालसम्म २४ जिल्लामा कोभिड १९ संक्रमण फेला परेको छ । हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा १ सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना कोभिड १९ संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार ९ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणमा कोरोना संक्रमित पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणमा आज मात्र ९ जना संक्रमित पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्