Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा थप ६ जनामा कोेभिड १९ पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार बिहान ६ जना कोभिड १९ संक्रति पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्य २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा ६ जना नयाँ संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको सो परीक्षणको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान १० बजे अध्यावधिक गरेको हो ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना संकलन गरी कोभिड १९ परीक्षण गरिएको छ ।
कतिपय आरडिटीमा पोजेटिभ देखिएकाहरुलाई पिसिआर विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएका छन् । हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्