Logo
|
Friday 26th July 2024
Logo

epaper

नेपाल बाल दन्त चिकित्सक संघको अध्यक्षमा प्रा.डा. पराजीता दीक्षित निर्वाचित, महासचिवमा डा. मेघा प्रधान



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल बाल दन्त चिकित्सक संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको गत शुक्रबार सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट प्रा.डा. पराजीता दीक्षितको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रा.डा. सुमिता उपाध्याय, महासचिवमा डा. मेघा प्रधान, सहसचिवमा डा. संस्कृति खनाल र कोषाध्यक्षमा डा. मनिषा मल्ल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा डा. रस्ना श्रेष्ठ, डा. अमिता राई, डा. गजेन्द्र बिराजी र डा. नम्रता ज्ञवाली निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया दिनुहोस्