Logo
|
Wednesday 22nd May 2024
Logo

epaper

‘सुत्केरी महिलाको मृत्यु कोभिड—१९ सँग सम्बन्धित हो वा होइन भन्ने निक्र्योल गरेर जानकारी गराउँछौं’—स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमणबाट ज्यान गएको भनिएकी सिन्धुपाल्चोक बाह्रबिसेकी एक जना सुत्केरी महिलाको अनुसन्धान थालेको छ ।

‘यस सम्बन्धमा विस्तृत विवरणहरु लिइरहेका छौं र मृतकको कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् ।’—मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भन्नुभयो— ‘त्यसैले यो परीक्षणको सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँग सम्बन्धित हो वा होइन भन्ने निक्र्योल गरेर प्रशारण गर्ने व्यहोरा सबैलाई जानकारी गराउँदछु ।’

त्रि.बि. शिक्षण अस्पतालमा गत वैशाख २३ गते सुत्केरीका लागि भर्ना भएकी २९ वर्षीया ति महिलाको २४ गते नर्मल डेलिभरी भएको थियो र २५ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनलाई आफ्नै घर सिन्धुपाल्चोक लगिएको थियो ।
त्यसपछि उहाँमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । अवस्था थप जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि ल्याएको जेठ १ गते मृत्यु भएको थियो ।
कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण भएकाले मृत्युपछि ति महिलाको धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ भएको शंकास्पद रिपोर्ट आएको बताइएको छ । तर पुन एकिनका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्