Logo
|
Tuesday 21st May 2024
Logo

epaper

नेपालमा पहिलोपटक कोभिड—१९ बाट सिन्धुपाल्चोक राम्चेकी सुत्केरी महिलाको मृत्यु (विज्ञप्तिसहित), संक्रमितको संख्या २८२



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक कोभिड १९ बाट एकजना सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो महिला हुन् । जेठ १ गते राति उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

त्रि.बि. शिक्षण अस्पतालमा गत वैशाख २३ गते सुत्केरीका लागि भर्ना भएकी ति महिलाको २४ गते नर्मल डेलिभरी भएको थियो र २५ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनलाई आफ्नै घर सिन्धुपाल्चोकको राम्चे लगिएको थियो ।
त्यसपछि उहाँमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि ल्याएको थियो ।
कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण भएकाले मृत्युपछि ति महिलाको धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्