Logo
|
Tuesday 21st May 2024
Logo

epaper

मुलुकमा कोभिड १९ संक्रमित २९१ पुग्दा २ जनाले ज्यान गुमाए, ३६ जना निको



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा फेरि अर्का एक जना पुरुषको कोभिड—१९ संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड—१९ बाट ज्यान जानेहरुको संख्या २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको आइतबार भएको मृत्यु कोभिड १९ बाट मृत्यु भएको पुष्टि गरेको छ ।
ति युवक गत वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएको थियो । आइतरबा बिहान ६.४० बजे मृत्यु भयो । यद्यपी मुलुकमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराउनुभयो ।
यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोभिड १९ बाट मृत्य भएको थियो ।

मुलुकमा कोरोना संक्रमित २९१ पुग्दा २ जनाको ज्यान गयो भने ३६ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्