Logo
|
Friday 3rd May 2024
Logo

epaper

गोदावरी नगरपालिकामा भद्रगोल कोभिड—१९ परीक्षण

यो भीड परीक्षणका लागि हो कि मल किन्नेको ? (फोटा फिचरसहित)



जनस्वास्थ्य सरोकार, गोदावरी, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा भद्रगोल र अव्यस्थित तरिकाले कोभिड १९ कारोना भाइरस परीक्षण गरिएको छ । कोभिड १९ महामारीको समयमा अग्रपंङ्गतिमा रहेर काम गर्ने र काम गर्दै रहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, राहत कार्यमा संलग्न रहेका व्यक्ति, औषधि पसलमा कार्यरत स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापन कार्यमा संलग्न व्यक्ति, कोभिड—१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्तिहरु, तरकारी बिक्रीवितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिहरुको आरडिटी र पिसिआरको माध्यमबाट कोभिड १९ परीक्षण गर्ने भनिएको थियो ।
आज ४ गते बांगेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान ११ बजे देखि राखिएको परीक्षणमा नगरपालिकाले भनेजस्तो काम नभएको गोदावरी नगरपालिकाका विष्णु घिमिरे कल्पितले जानकारी गराउनुभयो । कल्पित आफैं वरिष्ठ भिडियो ग्राफर र फोटो पत्रकार हुनुहुन्छ ।
‘शुरुमा फ्रन्ट लाइनको मानिसलाई पिसिआर गर्ने भनिएको थियो ।’— वरिष्ठ भिडियोग्राफर एवं फोटोपत्रकार कल्पितले भन्नुभयो—‘तर व्यवहारमा आफ्ना मान्छे, चिनजानको मान्छे, विरोध गर्ने जस्ता व्यक्तिहरुलाई मात्र गरियो ।’

‘तँछाड मछाड तरिकाले परीक्षण भयो । सामाजिक दूरी पनि कायम गरिएको थिएन । यो कोभिड १९ परीक्षण भन्दा पनि मल लिनेहरुको जस्तो भिड थियो ।’—कल्पितले घटना सुनाउनुभयो ।

आज २०० जनाको आरडिटी र १ सय जनाको पिसिआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको छ । भोलि जेठ ५ गते बज्रबाराही विद्यालयमा कोभिड १९ परीक्षणको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्