बाँकेमा थप ४७ जनामा नोबेल कोरोना पुष्टि
जनस्वास्थ्य सरोकार, बाँके । बाँके जिल्लाको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ नोबेल कोरोना भाइरस पुष्टि भएको छ । सोमबार भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसिआर विधिबाट गरिएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको हो । नोबेल कोरोना देखिएका अधिकांश व्यीक्त भारतबाट फर्किएका व्यक्ति हुन् ।