झापा, धनकुटा र सुनसरीका थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहीबार बिहान थप १७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो मुलुकमा कोरोना संक्रमितहरुको संख्या ४४४ पुगेको छ ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा कोभिड १९ को नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ ।
यसरी नयाँ संक्रमित देखिनेहरुमा झापा, कचनकवल गाउँपालिका—३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप—महानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् । हाल उनीहरुको स्वास्थ्यवस्था सामान्य रहको सहप्रवक्ता डा.अधिकारीले जानकारी गराउनुभएको छ ।
मुलुकमा कोभिड १९ संक्रमितमध्ये ४५ जना निको भएर घर फर्केका छन् भने २ जनाको ज्यान गएको छ ।
हालसम्म मुलुकमा पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी विधिबाट ७५ हजार ७२ जनाको कोभिड १९ परीक्षण भएका छन् ।