टेकु अस्पतालबाट संक्रमित ४ जनाले जिते कोरोना, कोरोना निको हुने व्यक्तिहरुको संख्या ४९ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका चार जना कोेभिड १९ संक्रमित बिहीबार निको भएर डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोभिड १९ संक्रमित निको हुनेको संख्या ४९ पुगेको छ ।
डिस्चार्ज हुनेमा २ पुरष र २ महिला छन् ।
भक्तपुर दुवाकोटका पुरुष, ठिमीमा साथीको कोठामा बसेकी नर्स, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार, २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा कोभिड १९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।
एक जना महिला आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् ।
अस्पतालमा थप एक जना संक्रमितको उपचार भइरहेको छ ।