Logo
|
Tuesday 21st May 2024
Logo

epaper

चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाहीमा ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान अद्यावधिक गरेको तथ्यांकमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोभिड १९ संक्रमित भेटिएका हुन् । संक्रमितहरु १५ वर्षदेखि ८४ वर्ष उमेर समूहका रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जना नयाँ कोभिड १९ संक्रमित पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोनाले मृत्यु भएकाहरुको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्