Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बाँकेका थप २७ जनासहित मुलुकमा कोरोना संक्रमितहरुको संख्या ५८४ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह थप ३६ जनाका कोेभिड १९ संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ५८४ पुगेको हो । यसअघि शनिबार बिहान ३२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । शनिबार मात्र ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, शनिबार अपरान्ह कोभिड १९ पुष्टि भएकाहरुमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जना रहेका छन् ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी बाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् ।
हाल मुलुकभर ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन् भने संक्रमित र सम्भावित संक्रमित ५ सय ८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म ७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्