Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बीरगञ्जका ९ जनासहित नेपालमा ७९ जनाले जिते कोरोना



जनस्वास्थ्य सरोकार, बीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा कोभिड १९ उपचाररत ९ जनाले कोरोना जितेका छन् । यो मुलुकमा कोरोना निको हुनेहरुको संख्या ७९ पुगेको छ ।
९ जना डिस्चार्जसँगै अस्पतालमा ८७ जना अहिले पनि उपचाररत छन् । २ पटकसम्म गरिएको कोभिड १९ परीक्षण रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई शनिबार साँझ डिस्चार्ज गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा. मदन उपाध्यायका अनुसार, डिस्चार्ज भएकाहरुमा वीरगन्जका तीन, बाराका दुई, रौतहटका तीन गरी ८ जना नेपाली र १ जना भारतीय पुरुष रहेका छन् । उनीहरुलाई एक साता सेल्फ आइसोलेसनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको समाचार छ । यसैगरी वैशाख १४ मा निको भइ अस्पतालबाट डिस्चार्ज गरेर पठाए पनि फेरि एक हप्तापछि संक्रमण देखिएर अस्पतालमा ल्याएर राखिएका दुई जनालाई पनि शनिबार नै डिस्चार्ज गरिएको छ ।

अस्पतालबाट डिस्चार्ज गरिएको एक हप्ता बित्न नपाउँदै दुवै जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वैशाख २१ गते फेरि अस्पताल भर्ना गरिएको थियो ।

वैशाख २१ गते अस्पतालमा ल्याएर राखेपछि लगातार दुई रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले उनीहरुलाई डिस्चार्ज गरिएको जनाइएको छ ।
हाल नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ । जसम्ध्ये ७९ जना निको भएका छन् भने ३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्