Logo
|
Tuesday 21st May 2024
Logo

epaper

नेपालमा कोरोना समुदायमा फैलिएको हो ? कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ६०३ पुगेको छ । आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
संक्रमित भएकाहरुमा ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

नुवाकोटसहित मुलुकका ४२ जिल्लामा कोभिड १९ संक्रमित व्यक्ति फेला परेका छन् ।

हालसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ जनाको नमुना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ९० हजार २६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म संक्रमण देखिएकामध्ये ८७ जना निको भएर घर फर्किसकेका छन् । ३ जनाको ज्यान गएको छ । देशभर सबै प्रदेशमा गरी ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेका र आइसोलेसनमा रहेकामध्ये ५१३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यति धेरै संक्रमित हुनमा कोरोना समुदायमा फैलिसकेको विज्ञहरुले बताउँदै आएका छन् । उनीहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझावसमेत दिँदै आएका छन् । तर सरकारी अधिकारीहरुले भने कोरोना समुदायमा नफैलिएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्