Logo
|
Thursday 26th December 2024
Logo

epaper

२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना, निको हुनेहरुको संख्या १०५ पुग्यो



जनस्वास्थ्य सरोकार, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालको आसोलेसनमा उपचाररत कोभिड १९ कोरोना भाइरस संक्रमितहरुमध्ये २ महिने शिशुसहित एकै परिवारका १८ जना निको भएर गएराति अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा संक्रमित ८९ जना उपचाररत थिए ।

यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १०५ पुगेको छ ।

अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज उनीहरुलाई डिस्चार्ज गरिएको थियो । अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सो परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि संक्रमित सबैलाई बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्