Logo
|
Thursday 26th December 2024
Logo

epaper

गण्डक अस्पतालबाट २१ जना डिस्चार्जसँगै कोरोना जित्नेहरुको संख्या १७६ पुग्यो



जनस्वास्थ्य सरोकार, बीरगञ्ज । बीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत ३० जना संक्रमितमध्ये २१ जनालाई मंगलबार राति डिस्चार्ज गरिएको छ । यो सँगै मुलुकमा कोभिड—१९ जित्नेहरुको संख्या १७६ पुगेको छ ।

उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, कोरोना जितेर डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट १ सय २ जनामा कोरोना संक्रमितहरु उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो । नारायणी अस्पतालले कोरोना संक्रमितहरुलाई थेग्न नसकेपछि ३० जनालाई गत साता गण्डक अस्पतालमा राखेर उपचार शुरु गरेको थियो, भने बाँकी ७२ जनाको नारायणी अस्पतालमै उपचार भइरहेको थियो ।

नारायणी अस्पतालमा उपचाररत ७२ जना संक्रमितहरुमध्ये शनिबार ९ जना तथा सोमबार ६३ जना गरी सम्पूर्ण संक्रमितहरुलाई डिस्चार्ज भइसकेका छन् । यता गण्डक अस्पतालमा भने उपचाररत ३० जना संक्रमितहरुमध्ये मंगलबार राति २१ जना डिस्चार्ज भएका र बाँकी ९ जना संक्रमितहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

हालसम्म मुलुकमा कोरोना संक्रमितहरुको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्