जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १६ गतेसम्म बिमानस्थल बन्द
जनस्वास्थ्य सरोकार, काठमाडौँ — सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गर्दै सो निर्णय गरेको हो ।
मुलुकमा सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पटपटक पटक थप्दै आएको सरकारले पछिल्लो लकडाउनको समयसिमा जेठ २० गते समाप्त हुँदै थियो । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले लकडाउन लम्व्याउने निर्णय गरेको जनाइएको छ । यसैगरी असार १६गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।