Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमित बढेसँगै सरकारले थप्यो देशभर ५ हजार २०२ आइसोलेसन बेड



नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले कोरोना संक्रमितको संख्या बढेसंगै बेड संख्या पनि बढाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर ५ हजार २ सय २ बेड थपिएको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय अस्पतालमा एक हजार बेड थप गरिएको छ । त्यस्तै प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ र अस्पताल नभएका ६४९ स्थानीयपालिकामा ५ शय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ बेड थप भएको छ । बेडसँगै आवश्यक जनशक्ति पनि थप गरिएको डा. गौतमको भनाइ छ ।

त्यस्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप तीन अस्पताल कोभिड १९ अस्पतालमा सूचिकृत गरेको छ। वीरगन्जको नेसनल मेडिकेल कलेज टिचिङ अस्पतल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताल कोभिड १९ अस्पतालमा सुचिकृत गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्