थप ८८४ जनामा कोभिड १९ पुष्टि, संक्रमितहरुको संख्या ३७ हजार ४ सय ४० पुग्यो
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, ११ हजार ५ सय १६ जनामा गरिएको पिसिआर परीक्षमा ८ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । यसमा २ सय ४२ जना महिला र ६ सय४२ जना पुरुष रहेका छन् । हालसम्म मुलुकमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
यसैगरी २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै कोभिड जित्नेहरुको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ । यो ५५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ । हालसम्म कुलुकमा ६ लाख ६९ हजार ६ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।