Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोभिड-१९ बाट एकैदिन ३ महिलासहित १२ जनाको ज्यान गयो, देशभर मृतकको संख्या २०७ पुग्यो



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा कोभिड १९ बाट एकैदिन  ३ महिलासहित १२ जनाको ज्यान गएको छ । यो सँगै मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ७ पुगेको पुगेको छ । यो संक्रमित हुनेहरुमध्ये मृत्यु ०.५५ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा २४ घण्टाको बीचमा १ सय ८६ जनामा कोभिड १९ पुष्टि भएको छ । यसमध्ये काडमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनाका कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, ११ हजार ५ सय १६ जनामा गरिएको पिसिआर परीक्षमा ८ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । यसमा २ सय ४२ जना महिला र ६ सय४२ जना पुरुष रहेका छन् । हालसम्म मुलुकमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

यसैगरी २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै कोभिड जित्नेहरुको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ । यो ५५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ । हालसम्म कुलुकमा ६ लाख ६९ हजार ६ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्