Logo
|
Saturday 20th April 2024
Logo

epaper

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण



नेपाल हेल्थ न्युज, चितवन । चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालका अनुसार चितवनका २९ जना र अन्य जिल्लाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले गएराती सार्वजनिक गरेको विवरण अनुसार भरतपुर महानगरपालिकाका २७ जना र खैरहनी नगरपालिकाका दुई जना रहेका छन् ।

संक्रमित अन्य जिल्लाका मध्ये तनहुंँका दुई जना, झापाका दुई जना, नवलपुर,सर्लाही,दाङ, धनुषा,पांँचथर,सप्तरी,कास्की,सुर्खेत, बाग्लुङ र बाराका १/ १ जना गरी १० जना संक्रमित भएका छन् । ४७२ जनाको नमूना परीक्षण गरिएको मध्ये ४२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्