Logo
|
Sunday 23rd February 2025
Logo

epaper

वीरगंजमा थप एक कोरोना संक्रमित संक्रमितको मृत्यु



नेपाल हेल्थ न्युज, वीरगंज । वीरगंजमा उपचारका क्रममा आइतवार बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रौतहटका ४० वर्षका हुन् ।

नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पताल गण्डक अस्पतालमा बिहान साढे ७ बजे रौतहट राजपुर, तुलसीका ४० वर्षीय संक्रमितको मृत्यु भएको नारायणी अस्पतालमा प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुमेह तथा कडा निमोनियाका ४० वर्षे संक्रमित उनमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भयो। यससँगै रौतहटका ५ जना संक्रमितको मृत्यु भएको छ। वीरगंजमा पर्सा, बारा, रौतहट र दुई भारतीय नागरिकको गरी कूल ५० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्