Logo
|
Thursday 4th March 2021
E-paper Magazine

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु



नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ ।  उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको बिहान १२:३० बजे मृत्यु भएकाे हाे । मृतक मुटुरोग, मधुमेह र उच्च रक्तचापका राेगी समेत रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४:३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा उनीमा काेराेना पाेजेटिभ देखिएकाे हाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या नौ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्