Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोनासंक्रमणका कारण थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष गरी १४  जना रहेका छन ।

मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला छन् ।त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्