Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोभिड-१९ बाट भारतमा मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतमा कोरोनाको संक्रमण झनै बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६९ हजार ९२१ जना नयाँ संक्रमित थपिएका छन भने ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमित ३६ लाख ९१ हजार १६७ पुगेको छ । हाल सम्म मृत्यु हुनेको संख्या ६५ हजार २८८ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म २८ लाख ३९ हजार ८८३ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ८५ हजार ९९६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ३३ लाख २४ हजार ८३४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख १६ हजार ९२० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्