Logo
|
Thursday 18th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा १४ दिनको शिशुसहित थप ३९ जनामा कोरोना



नेपाल हेल्थ न्युज, काठमाडौं । गण्डकी प्रदेशमा १४ दिनको शिशुसहित थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ३९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ५ पुगेको छ ।

यसरी आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका १४ दिनको शिशुसहित २६ जना ,नवलपुरका १० जना, कास्कीका २ जना र बाग्लुङका १ जना रहेका छन्। उनीहरुलाई आइसोसेलसनमा लैजाने तयारी भइरहेको निर्देशनलायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्