Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोभिड-१९ संक्रमित डा. रिजाल दम्पतीको ह्याम्स अस्पतालमा उपचार हुँदै, अवस्था सामान्य



नेपाल हेल्थ न्युज, काठमाडौँ। वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उहाँकी धर्मपत्नी सरलालाई कोरोना संक्रमण भएको छ। उहाँहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिनुभयो ।

डा. रिजालकी श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार पीसिआर परीक्षणका लागि ह्याम्स अस्पतालमा नमुना दिनुभएको थियो । दुबैको रिपोर्ट पोजेटिभ आएपछि सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको डा. रिजालले बताउनुभयो । उहाँले भन्नुभयो -‘अहिले हामी दुबैको स्वास्थ्य अवस्था समान्य छ । छिटै निको भएर घर फर्किनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्