Logo
|
Sunday 29th November 2020
NEWS PAPER

नेपालमा थप १०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा ७६८ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २२ हजार १७८ पुगेको छ ।

देशभर हाल १८ हजार ११२ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ७ हजार ३९० जना रहेका छन ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा विभिन्न जिल्लामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्