Logo
|
Thursday 18th April 2024
Logo

epaper

वीर अस्पतालमा १७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु



नेपाल हेल्थ न्युज, काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक युवकको मृत्यु भएको छ । सर्लाहीका १७ वर्षीय युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको ट्राभल हिस्ट्री अनुसार कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा ती युवक कोरोना पोजिटिभ भएको देखिएको छ । शव व्यवस्थापनका लागि सीसीएमसीलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्