Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा थप १०३९ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु, ११७३ निको भए




जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा आइतबार १ हजार ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५४ हजार १५९ पुगेको छ।

यसैगरी आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३८,६९७ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ११७ रहेको छ । हाल ७ हजार ७३० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ३८७ जना होम आइसोलेसनमा छन्। हाल ६ हजार ५३६ जना क्वारेन्टाइनमा छन् । आइतबार ९,१६५ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ८ लाख ४० हजार ५२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्