Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५४ हजार १५९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्