Logo
|
Saturday 4th May 2024
Logo

epaper

सरकारले पीसीआर परीक्षण शुल्क फेरी घटायो, अब अधिकतम २ हजार रुपैयाँमात्र लिन पाइने



 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना परीक्षणका लागि लिइँदै आएको पिसिआरको शुल्क पुनः घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सरकारी तथा निजी प्रयोगशालाले पिसिआर परीक्षण वापत अधिकतम २ हजार रुपैयाँमात्र लिन पाइने बताउनुभयो ।

सरकारले सुरुमा पिसिआर शुल्क ५ हजार ५ सय तोकेको थियो । भदौ दोस्रो साता परीक्षण शुल्क घटाएर ४४ सय रुपैयाँमा झारेको थियो । आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्