Logo
|
Friday 29th March 2024
Logo

epaper

क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना संक्रमण भएको छ ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार उनले कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए । संक्रमण पुष्टि भएपछि उनी काठमाडौंको सोल्टी होटेलमा आइसोलेसनमा छन् ।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करसमेत पनि संक्रमित रहेको र दुवै सोल्टी होटलको आइसोलेसनमा रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्