Logo
|
Monday 24th February 2025
Logo

epaper

कोरोना संक्रमणबाट एकैदिन १५ जनाको मृत्यु, थप ११७० जनामा संक्रमण पुष्टि, ८७९ निको भए

संक्रमितको संख्या ५५ हजार नाघ्यो



 

जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा सोमबार १ हजार १७० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

यसैगरी आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९,५७६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ९९३ रहेको छ । हाल ८ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार २७५ जना होम आइसोलेसनमा छन्। हाल ६ हजार ८९२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै सोमबार १०,८७८ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ५१ हजार ४०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्