Logo
|
Monday 24th February 2025
Logo

epaper

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्‍टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ११७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्