Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारले अब कोरोना लागेका सबैको नि:शुल्क उपचार नगर्ने, कसले पाउँछ यो सुविधा ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अब कोरोना लागेका सबैको नि:शुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकको मात्र निःशुल्क उपचार गर्ने तयारी गरेको छ । यसअघि कोरोना लागेका सबैको निःशुल्क उपचार व्यवस्था हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकले विपन्न नागरिकको मात्र निःशुल्क उपचार गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले उपचार सम्बन्धमा भन्दै आठ नम्बर बुँदामा चिह्न वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने, विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले कोभिड-१९ संक्रमित विपन्‍न नागरिकको मात्रै उपचार खर्च व्यहोर्ने प्रस्ताव तयार पारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘ बैठकमा कोरोना लागेका विपन्‍न नागरिकको मात्र सरकारले उपचार गर्ने विषयमा छलफल मात्रै भएको भएको हो, निर्णय भएको छैन ।’

 

प्रतिक्रिया दिनुहोस्