Logo
|
Wednesday 8th May 2024
Logo

epaper

लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण हुने, विज्ञ भन्छन्-‘परीक्षण नगरे संक्रमण झन फैलिन सक्छ’




जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरुको मात्रै आरटी पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउने भएको छ ।

आइतबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै  पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्‍बाट पारित हुन बाकीँ रहेको बताउनुभयो । उहाँका अनुसार क्याबिनेटबाट निर्णय भएपछि मात्र यसबारे टुंगो लाग्ने र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।

जनस्वास्थ्यविद् डा‍. रबिन्द्र पाण्डेले पीसीआर परीक्षण नगरे संक्रमण झन् तीव्र रुपमा फैलिने बताउनुभयो । परीक्षण गर्ने क्षमतामा कमी र खर्च बढी हुने भएकाले सरकारले यस्तो निर्णय गरेको उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्