Logo
|
Friday 29th March 2024
Logo

epaper

एकैदिन १४५९ जनामा संक्रमण पुष्टि, १०६२ जना निको भए, थप ११ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा मंगलबार १ हजार ४ सय ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५६ हजार ७८८ पुगेको छ।

यसैगरी आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १०६२ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४०,६३८ पुगेको छ । यो कुल संक्रमितको ७१।५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ७७९ रहेको छ । हाल ८ हजार १३९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ६४० जना होम आइसोलेसनमा छन्। हाल ७ हजार २५० जना क्वारेन्टाइनमा छन् ।

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ६१ हजार ३६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्