जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।