Logo
|
Thursday 25th April 2024
Logo

epaper

निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ ।

देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने भएको छ ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बताउनुभयो । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने लेखकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्