Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर १२४६ जनामा कोरोना पुष्टि, १२४३ निको भए, थप ४ जना मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहिबार १ हजार २ सय ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५९ हजार ५७३ पुगेको छ।

यसैगरी आज थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ३८३ पुगेको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १२४३ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको छ । यो कुल संक्रमितको ७१. ५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २४१ रहेको छ । हाल ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ९०३ जना होम आइसोलेसनमा छन्। हाल ७ हजार ८८३ जना क्वारेन्टाइनमा छन् । आईसीयूमा उपचाररत संक्रमितको संख्या १८२   र भेन्टिलेटरमा  ३९ जना संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ८२ हजार ९१५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्