Logo
|
Monday 24th February 2025
Logo

epaper

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार २ सय ७९




जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ । काठमाडौंमा ११ हजार ७ सय ४६, ललितपुरमा १ हजार २ सय ४७ र भक्तपुरमा १ हजार १ सय ८६ संक्रमित पुगेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा जनामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्