Logo
|
Tuesday 16th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ९ लाख ५० हजारको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो ।

वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका छन् । ९ लाख ५० हजार संक्रमितमको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये २ लाख २ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ५२ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ ८४ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

ब्रजिलमा ४४ लाख र रुसमा १० लाख संक्रमित संख्या नाघेको छ । नेपालमा ५९ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये ३ सय ८३ जनाको निधन भएको तथ्यांक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्