Logo
|
Sunday 7th March 2021
E-paper Magazine

मध्यपुर थिमिका संक्रमितको वीर अस्पतालमा मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय  पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।

वीर अस्पतालमा उपचारकै क्रममा ती पुरुषको शुक्रबार मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्