Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा एकैदिन हालसम्मकै उच्च २०२० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा शक्रबार एकैदिन हालसम्मकै उच्च २ हजार २० जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ६१ हजार ५९३ पुगेको छ।

यसैगरी आज थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ३९० पुगेको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३,८२० पुगेको छ । यो कुल संक्रमितको ७१. १ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १७,३८३ रहेको छ । हाल ९,२९५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ८ हजार ८८ जना होम आइसोलेसनमा छन्। हाल ७ हजार ७३६ जना क्वारेन्टाइनमा छन् । आईसीयूमा उपचाररत संक्रमितको संख्या १७३ र भेन्टिलेटरमा  ३६ जना संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ९४ हजार ४०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्