Logo
|
Saturday 27th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६९८ , भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या १५ हजार १ सय ३८ पुगेको छ । काठमाडौंमा १२ हजार ४ सय ४४, ललितपुरमा १ हजार ३ सय २६ र भक्तपुरमा १ हजार २ सय २८ संक्रमित पुगेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा जनामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ५९३पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्